वार्तामा आउन आन्दोलनरत पक्षलाई उपकुलपति डा. गिरीको आग्रह

  • असार १६, २०७८
  • हाम्रो कालापानी
alt

धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा ज्ञानेन्द्र गिरीले वार्तामा आउन आन्दोलनरत पक्षसँग अनुरोध गरेका छन । बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै उनले लामो समयदेखि प्रतिष्ठानमा आन्दोलनरत कर्मचारी, चिकित्सक तथा विद्यार्थीलाई वार्तामा आउन आग्रह गरेका हुन् । धरानमा रहेको  स्वास्थ्योपचार र चिकित्सा शिक्षामा नेपालकै उत्तम गन्तव्यको रुपमा रहेको प्रतिष्ठानमा १६ दिनदेखि शुद्धिकरण अभियान अन्तरगत आन्दोलन भइरहेको छ । प्रतिष्ठानमा भैरहेको अनियमितता, भ्रष्टाचार र व्याप्त बेथिति विरूद्ध निष्पक्ष छानवीनको माग राख्दै आन्दोलन भएको हो ।

  प्रतिष्ठान प्रतीको तपाईंहरूको माया र न्यायोचित निष्ठाप्रती उच्च सम्मान गर्दछु’, उपकुलपति डा। गिरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ’तपाईंहरूको साथ, सहयोग र हाल भैरहेको आन्दोलनको बलमा एकताबद्ध भइ देशकै गौरव र प्रतिष्ठा बोकेको प्रतिष्ठानको विगतको इतिहास, वर्तमान उचाई र भविष्यमा अझै उचाईको शिखरमा पुग्छ भन्ने कुराको विश्वास लिएको छु ।’  उपकुलपति गिरीले प्रतिष्ठानलाइ व्यक्तिगत स्वार्थबाट लिप्त भएका केहिले समस्याको चंगुलमा फसाएको र त्यसलाई चिर्नको लागि अहिले भैरहेको आन्दोलन सान्दर्भिक भएको विज्ञप्ति मार्फत स्पष्ट पारेका छन ।

आफ्नो कार्यकालमा कुनै गैरकानुनी काम गरेको भए अख्तियारलाई छानवीन गर्न र दोसी ठहर भए कानुन सम्बत कारबाही गर्न भनेका छन । प्रतिष्ठानमा भैरहेको आन्दोलनलाई नजरअन्दाज गर्दै उनी काठमाडौँ भागेको आन्दोलनरत पक्षको आरोप छ । तर उनले भने प्रतिष्ठानको भलाइका लागि मन्त्रालयसँग लविङ  गर्न गएको तर्क गरेका छन । प्रतिष्ठानमा अहिले देखिएको अन्योल हटाउन सबै पक्ष एकाकार हुनु पर्ने आवश्यकता रहेको भन्दै वार्तामा आउन उनले अनुरोध गरेका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रतिनिधिसभाको बैठक ...

काठमाडौं । संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज बस्ने बैठकमा दुई वटा संभावित कार्य ...

पारस खड्काले अन्तर्र ...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्या ...

निजीकरण गरिएका सातवट ...

इलाम : निजी क्षेत्रले व्यवस्थापन गर्नुको सट्टा झन–झन् बिजोक बनाउन थालेपछि निजीकरण गरिएको ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved