झलनाथ खनालको उपचार खर्च सरकारले बेहोर्ने

  • असार १६, २०७८
  • हाम्रो कालापानी
alt

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । बुधवार बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले खनालको उपचार खर्च सरकारले बेहोर्ने जानकारी गराएका हुन् ।

बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बैठकले खनालको स्वास्थ्य लाभको कामना गरिएको जानकारी गराए । उनले भने, ‘बैठकले भारतमा स्वास्थ्य उपचार गराइरहेका पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री कमरेड झलनाथ खनालको स्वास्थ्य लाभको कामना गरेको छ । उहाँको उपचार खर्चको जिम्मेवारी लिएकोमा सम्माननीय प्रधानमन्त्री र नेपाल सरकारलाई धन्यवाद दिने निर्णय भएको छ,’ ज्ञवालीले भने ।

मिर्गौलामा समस्या देखिएपछि नेता खनाललाई भारतको नयाँ दिल्ली स्थित एपोलो अस्पतालमा राखेर उपचार गरिदै छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रतिनिधिसभाको बैठक ...

काठमाडौं । संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज बस्ने बैठकमा दुई वटा संभावित कार्य ...

पारस खड्काले अन्तर्र ...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्या ...

निजीकरण गरिएका सातवट ...

इलाम : निजी क्षेत्रले व्यवस्थापन गर्नुको सट्टा झन–झन् बिजोक बनाउन थालेपछि निजीकरण गरिएको ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved