मन्त्रिपरिषद विस्तारविरुद्ध अन्तरिम आदेश, २० मन्त्री पदमुक्त

को को रहे को को गए नामावली सहित

  • असार ८, २०७८
  • हाम्रो कालापानी
alt

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त भएका २० मन्त्री पदमुक्त हुने आदेश दिएको हो ।

‘२०७८ साल जेठ २१ र २७ मा प्रधानमन्त्रीको सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट भएको उपप्रधानमन्त्री एवं मन्त्रीहरूको सपथ र कार्यविभाजन संविधान अनुकुल भएको नभई संविधानको मूल मर्म भावना विपरीत भएकोले निवेदनको अन्तिम किनारा नलागेसम्मका लागि मन्त्रिपरिषद विस्तारको निर्णय कार्यान्वयन नगर्न’ आदेशमा उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनलगत्तै माओवादी छाडेर एमाले भएका मन्त्रीहरुलाई सपथ गराएका थिए भने गत जेठ २१ गते पुनः मन्त्रिपरिषद् विस्तार गरिएको थियो। जसपासमेत सरकारमा सहभागी भएपछि तीन उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ राज्यमन्त्रीले जेठ २१ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका थिए । त्यस्तै गत जेठ २७ गते गृहमन्त्री खगराज अधिकारीसहित सात मन्त्रीले सपथ लिएका थिए।

सर्वोच्चको आदेशबाट उपप्रधानमन्त्रीहरू विष्णु पौडेल (अर्थमन्त्रीमा यथावत), रघुवीर महासेठ र राजेन्द्र महतो, १५ जना मन्त्री र तीन जना राज्यमन्त्री जिम्मेवारीमुक्त भएका छन् । अब सरकारमा प्रधानमन्त्री ओली, अर्थमन्त्री पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्तकुमार नेम्वाङमात्रै बहाल रहेका छन्।

यी मन्त्रीको गयो पद

रघुवीर महासेठ- परराष्ट्र 

राजेन्द्र महतो – सहरी विकास

खगराज अधिकारी –गृह

शरदसिंह भण्डारी- ऊर्जा

अनिलकुमार झा –खानेपानी

शेरबहदुर तामाङ स्वास्थ्य 

राजकिशोर यादव- उद्योग

लक्ष्मणलाल कर्ण- भूमि

नैनकला थापा- सञ्चार 

ज्वालाकुमारी साह- कृषि

विमलप्रसाद श्रीवास्तव -श्रम

उमाशंकर अरगरिया – पर्यटन

चन्दा चौधरी- महिला

एकवाल मियाँ- युवा 

नारदमुनि राना –वन

गणेश पहाडी- सामान्य प्रशासन

मोहन बानियाँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

चन्द्रकान्त- चौधरी- ऊर्जा राज्यमन्त्री

रेणुका गुरुङ- महिला बालबालिका राज्यमन्त्री

आशाकुमारी विक- वनराज्यमन्त्री

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रतिनिधिसभाको बैठक ...

काठमाडौं । संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज बस्ने बैठकमा दुई वटा संभावित कार्य ...

पारस खड्काले अन्तर्र ...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्या ...

निजीकरण गरिएका सातवट ...

इलाम : निजी क्षेत्रले व्यवस्थापन गर्नुको सट्टा झन–झन् बिजोक बनाउन थालेपछि निजीकरण गरिएको ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved