शिक्षित युवा नेतृत्वले मात्र देशमा दिगो विकास सम्भव-युवा नेता खनिया

नेपालमा अहिले निः स्वार्थ सेवा गर्ने, जनताको सेवक भएर जीवन विताउने राजनेताको कमी छ र एकदम खांचो पनि छ।

  • असार ६, २०७८
  • हाम्रो कालापानी
alt

युवा उमेरमा नै विभिन्न सामाजिक अभियान तथा, युवा उद्यमबाट अभिबिन्द खनियाले ठूलो सफलता हात पारिसकेका छन् । युवा फोरमहरुमा तर्क वितर्क, संसदीय वादविवाद र अधिनिर्णय गर्दै आफ्नो सामाजिक जीवन सुरु गरेका खनिया मिस्टर टिन २०१७ को उपाधिसंगै स्पटलाइटमा आए र युवाहरुबाट सर्वाधिक रुचाइए पनि । त्ससपछि निरन्तर युवालक्षित र समाजकेन्द्रित अभियान चलाउदै आएका उनी वर्तमान समयमा अभ्यानी प्रोडक्सन नामक संस्थाको अध्यक्ष छन् । बायोटेक्नोलोजीमा अब्बल नतिजासहित स्नातक उत्तिर्ण गरेका उनी हाल राष्ट्रिय प्रजातन्त्र पार्टीको लमजुङ जिल्ला अन्तर्गत सुन्दरबजार नगर कार्यसमितिको अध्यक्ष छन् । साथै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको केन्द्रिय महासचिव रहेका छन् । वैदिक सनातन राज्यव्यवस्था, लैङ्गिक समानता, अल्पसंख्यकलाई शिक्षा र रोजगारमा समान सहभागिता साथै युवा प्रोत्सहान र शिक्षित युवा नेतृत्वले मात्र देशमा दिगो विकास र आमूल परिवर्तन सम्भव छ भन्ने विश्वास राख्ने युवा नेता खनियासंग संक्षिप्त कुराकानी गरेका छौ ।

१. वर्तमान राजनीतिलाई कसरी लिइरहनुभएको छ र यो क्षेत्र नै किन रोज्नुभयो ?
नेपालमा केही वर्षअघि हामीले पढेर बुझेको राजनीति र वर्तमान राजनीतिमा धेरै अन्तर महसुस गरेको छु । केही वर्षअघि राजनीतिलाई विशुद्ध सेवाको रुपमा लिइन्थयो र सेवा गर्ने मनोभावना सहित मानिसले राजनीतिलाई अंगाल्थे तर राजनीति अहिले सेवा नभएर मात्र एउटा पेसा, राज्यस्रोतले आफ्नो र आफ्ना आफन्तजन भरणपोशण गर्ने , विचौलियासंग मिलेर कमिसनको खेल खेल्ने, सेवा नभई एउटा लुटिखाने पद र संयन्त्रको रुपमा देखापरेको छ, जुन देशको लागि दुर्भाग्य हो । एउटा सानो क्षेत्र मात्र नभई, सम्पुर्ण जातजाति, वर्ग र सम्प्रदायको उत्थान साथै सेवा गर्न सबैभन्दा उपयुक्त माध्यम राजनीति हो। नेपालमा अहिले निः स्वार्थ सेवा गर्ने, जनताको सेवक भएर जीवन विताउने राजनेताको कमी छ र एकदम खांचो पनि छ। तसर्थ, वर्षैवर्ष राजनैतिक दल बीचको द्वन्द र वैदेशिक निकायहरु बीच फसिरहेको देशमा फेरिपनि एक नयां राजनैतिक मार्गचित्र, आर्थिक विकास, पुर्वाधार तथा पर्यटन प्रवर्धनलाई उच्च प्राथमिकतामा राखी एउटा उदाहरणीय देशको रुपमा रहेको हाम्रो चिनारीलाई जिवन्त राख्न राजनीतिमा प्रवेश गरेको छु ।

२. नेपालमा आचार संहिता तथा नियम पालनाको स्थिति कस्तो पाउनुभएको छ ?
राजनीति गर्नै मान्छेमा राजधर्म पनि उत्तिकै आवश्यक हुन्छ । वर्तमान अवस्थामा नेता तथा कार्यकर्ताहरुले पनि सदाचार र नैतिकता पालना गर्दैनन् । हामीले अन्य समय र अहिले वर्तमान समयमै पनि देखिआएको कुरा हो नेताहरुलाई आचार संहिता र नियममात्र नभई केही अवस्थामा त संविधानका धाराहरु बाट पनि छुट भएको आभास हन्छ, यसले नेपाली राजनीतिमा गलत नजिर स्थापना गरेको छ । अहिले कोभिड महामारीको यस्तो अवस्थामा सहित सत्ता समिकरण मिलाउन केही नेता तथा सांसदलाई केही समय अगाडि भक्तपुरको रिसोर्टमा लगेर राखियो, प्रधानमन्त्री र राष्ट्रपतिको मिलिमतोमा संसद विघटन गरियो यसबाट त छर्लंग देख्न सकिन्छ कि नेपालमा आचार संहिता तथा नियम भनेको निमुखा जनता र सर्वसाधारणका लागि मात्र हो पहुंच भएका र नेतावर्गले नियमहरुको धज्जी उडाएको महसुस गरेको छु ।

३ . वर्तमान अवस्थामा सरकार कोभिड व्यवस्थापनामा भन्दा पनि राजनैतिक शक्ति संघर्षमा लागेको छ, यसलाई कसरी लिनुहुन्छ अनि तपाई त जीव विज्ञानको विद्यार्थी पनि यस वैश्विक महामारीलाई कसरी उचित ब्यवस्थापन गर्न सकिन्छ ?
सोशल वेलफेयर(क्यअष्ब िध्भािबचभ) का लागि शिक्षा र स्वास्थ्यलाई महत्वपुर्ण इन्डिकेटर मानिन्छ। महामारी नहुंदा पनि क्ष्लाचबकतचगअतगचभ विकास गरेर हामी जस्तोसुकै विपद् र स्वास्थ्य संकटको लागि तयार हुनुपर्थ्यो र गतवर्षको कोभिडको प्रथम वेभले नै पाठ सिकाइसकेको अवस्थामा पनि स्वास्थ्य सामाग्री, स्वास्थ्य पुर्वाधार भन्दा पनि सरकारले सत्तासंघर्षलाई प्राथमिकता दियो। वर्तमान समय चुनावको समय पनि होइन तापनि सरकारकै नेतृत्वमा विभिन्न सभासम्मेलन , रयाली, आन्दोलन गर्न सरकार अग्रसर भयो। साथै यस वैश्विक महामारीलाई पनि विभिन्न मन्त्रालय र विभागमा हुने भ्रष्टाचार जस्तै कमाउने यन्त्रको रुपमा प्रयोग हुनु हामी नेपालीको लागि दुर्भाग्य हो। स्थायी सरकार रहिरहंदा पनि ३ पटक स्वास्थ्य मन्त्री फेरिनुले नै सरकार कोभिड व्यवस्थापनमा निरिह छ भन्ने कुरा प्रष्ट नै देखिन्छ। अहिलेको अवस्था एकदम नाजुक र गम्भीर छ, अहिले हामीले प्रथमतः विभिन्न खुला स्थानमा कोभिडका लागि विशेष स्वास्थ्य केन्द्र बनाई स्वास्थ्य सामाग्रीलाई सुलभ रुपमा उपल्व्ध गराउनु पर्छ। मेडिकल अक्सिजनको हाहाकारलाई साम्य गर्न अक्सिजनका प्लान्टहरु स्थापना गर्ने साथसाथै यस संग जोडिएका नियमहरुलाई हालका लागि खुकुलो बनाउने, विभिन्न राष्ट्रहरुले खोप तयार पारेको अवस्था छ, खोपलाई यथासक्य छिटो ल्याउने र सर्वसाधारणलाई सरकार छ है भन्नै आवास अहिले दिलाउनै पर्छ अनि विस्तारै जनजीवन सामान्य बनाउने तर्फ पनि सरकारको ध्यान हुनुपर्छ, हामी विकासोन्मुख छौ, दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने वर्गलाई समेत सरकारले सम्बोधन गर्नैपर्छ।

४. विगत केही समयदेखि राप्रपाको प्रत्यक्ष राजनीतिमा होमिरहनुभएको छ, राप्रपा लाई बुढाहरुको पुरानो र पन्चको पार्टी भन्छन् नि तपाई जस्तो जानेबुझेको, अध्ययन गरेको र नयां सोच राख्ने युवा राप्रपा मा किन?
हामीले अन्य दल, मिडिया हाउस र समाचारपत्रले प्रयोग गरेको शव्दहरुनै फेरि प्रयोग गरिराख्न आवश्यक र उपयुक्त ठान्दिनं। कुनै पनि राजनैतिक दलमा फरक–फरक उमेर समुहका व्यक्तिहरु हुन्छन्। अहिले हामीले विभिन्न राजनैतिक दलहरुलाई नियाल्ने हो भने मुख्य भनिने दलहरुमा बुढा उमेर समुहको नेताहरुको नै नेतृत्व छ । अनि त्यस्तै ०४७को परिवर्तन र त्यस आसपास युवापुस्ताको आकर्षण भएका राजनैतिक दल र अहिले सत्ता देखिरहेका शक्तिहरुमा पुराना मान्छे नै छन्। नेपालको माटो सुहांउदो राष्ट्रवादी र प्रजातान्त्रिक मुल्य मान्यतामा विस्वास राख्ने राष्ट्रप्रति जिम्मेवार दल राप्रपा नै हो । बनिबनाउ पार्टीमा प्रवेश गरेर यही अवस्थामा देशलाई राखेर राजनीतिबाट फाइदा लिनको लागि मेरो संघर्ष र राजनीति होइन, त्यसकारण पनि युवाहरलाई पनि राष्ट्रिय राजनीतिमा समावेश गर्ने मान्यता बोकेको पार्टी मेरो रोजाई हो।

५. नेपालमा संघियता गणतन्त्र र धर्मनिरपेक्षता आयातीत हुन् भन्ने बहस राजनैतिक वृत्तमा चलिरहन्छन्, तपाईको राय ?
नेपालमा संघियता गणतन्त्र र धर्मनिरपेक्षता आयातीत हुन् भन्ने तथ्यमा कुनै आशंका नै छैन। मुलरुपमा नै राष्ट्रको स्वरुप परिवर्तन गर्न भारत , युरोपेली राष्ट्रहरु र विभिन्न ऋजचष्कतष्बल ःष्ककष्यलबचथ संस्थाको मिलिमतोमा नेपाली दलहरुलाई भारी बोकाएर स्थापित मात्र गरिएको हो। आजसम्म पनि शीर्ष दलका नेताहरु इाा तजभ च्भअयचम यो कुरालाई स्विकार्नुहुन्छ। आन्दोलनको ऐजेन्डा नै नभएका संवेदनशील विषयवस्तुहरु विभिन्न घोषणाहरुमा विभिन्न लाभको लालचमा घुसाइएको हो । पारदर्शीरुपमा जनताले चुन्न पाउने अधिकारवाट जनतालाई नै वन्चित गरेर संविधानसभा निर्वाचनमा जानुअघि नै देशलाई अपांग बनाउने हेतुले यस्ता ऐजेण्डाहरु स्थापित गरिए। यस्ता ऐजेण्डाहरुलाई देशले थाम्न नसक्ने रहेछ, जनताको भावना विपरित स्थापित भएको कुरा त वर्तमान स्थितिले प्रमाणित नै गरिसकेका छ। संघियताको हकमा तीन तहको सरकार मात्र करको भार ! को रुपमा देखिइसकेको छ, केन्द्रिय सरकारमा देखिने सत्ताको खेल र सरकार गठनको घृणित संघर्ष हरेक प्रदेशमा देखिन थालेका छन्। गणतन्त्रको हकमा राष्ट्रपति जस्तो संस्था नै विभिन्न समयमा आलोचित भइराखेको छ, मात्र कुनै एक पार्टी र गुटको स्वार्थको लागि विलासी जीवन दिइएको देखिन्छ । राजसंस्थाजस्तो राष्ट्रिय एकता कायम गर्न र विभिन्न दातृ संस्था, कुटनैतिक नियोग र अन्तराष्ट्रिय सम्वन्ध सुधार गर्न पनि कुनै खाले उल्लेखनीय भूमिका देखिएको छैन। परम्परागत ओमकार धार्मिक सभ्यता मास्न, धार्मिक मुल्यमान्यता रीतिरिवाजलाई उपेक्षा गरिएको छ भने सांगठनिक रुपमा विभिन्न ठाउंमा धर्मान्तरण फस्टाएको देखिन्छ, यसले गर्दा कालन्तरमा हाम्रो देश, धर्म र मुल्यमान्यता नै सखाप हुने डर पनि बढेको छ।

६. राप्रपा सधै यस्तै सैदान्तिक विषयमा मात्र अन्तरद्वन्दमा देखिरहन्छ, साचैं देश विकास र अन्य विकासनिर्माण को सवालहरुमा चाहिं राप्रपाको कार्यदिशा के हो ?
मुल विषयवस्तुमा षड्यन्त्र भएकाले जिम्मेवार राजनैतिक दलको रुपमा यी प्रमुख दायित्वलाई उठान गरिएको हो तर राजनैतिक हस्तक्षेपविना विकास निर्माणका लागि राप्रपा सदा अग्रसर नै छ । दिगो शान्तिको स्थापना, प्रजातन्त्रको सुदृढीकरण एवं समग्र आर्थिक विकासको उद्देश्य प्राप्तिका निमित्त वैकल्पिक मार्गचित्र र अवधारणा पनि प्रस्तुत गरेका छौ । सुशासनका नाममा भागवन्डातन्त्रमा निहित कुशासन र उदारीकरणको नाममा प्रतिस्पर्धा विरोधी सिण्डिकेटतन्त्रको संस्थागतकरणले नेपाली अर्थतन्त्र विश्व वजारमा लंगडो भएको छ । राप्रपा मुलुकको समग्र आर्थिक विकासको सन्दर्भमा खुला बजारमुखी आर्थिक व्यवस्थामा प्रतिबद्ध छ ।यसैगरी सामाजिक न्याय र समावेशी सिद्धान्तको हकमा महिला, मधेशी समुदाय, आदिवासी , जनजाति, दलित, अल्पसंख्यक र पिछडिएको क्षेत्रहरुको उत्थान राप्रपाको नीतिगत प्राथमिकता हो। यसैगरी गैरआवशीय नेपालीहरुलाई नागरिकताको प्रमाणपत्र र राहदानी दिने, नेपालमा कारोबार, बसोवास तथा आवतजावतमा सहजता कायम गर्ने तथा विदेशमा रहेका नेपाली नागरिकहरुले समेत मताधिकार प्रयोग गर्न पाउने व्यवस्था कायम गर्ने, दीर्घकालीन राष्ट्रिय विकास कार्ययोजना तयार पारी निजी,सार्वजनिक र जनताको साझेदारी ( एचष्खबतभ, एगदष्अिभ बलम एभयउभिक एबचतलभचकजष्उ ए ऋगदभ ब्ििष्बलअभ) को सिद्धान्त अवलम्वन गर्ने, मोद्रिक र वित्तीय नीतिमा सुधार गर्ने, १५ वर्षभित्र देशभित्रै पर्याप्त रोजगारी सिर्जना गरी विदेश जानुपर्ने वाध्यात्मक परिस्थितिको अन्त्य गर्ने, गरिवी निवारण र रोजगारी प्रवर्धनको लागि आवास, भोजन, रोजगारी, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिने, राष्ट्रिय विकासको मेरुदण्डको रुपमा पुर्वाधार विकास, उद्योग तथा वाणिज्य क्षेत्रको विस्तार, अनुसन्धान तथा विकासलाई प्राथमिकता, जलस्रोत को एकीकृत विकास तथा पर्यटन विकास र प्रवर्धन गर्न राप्रपा कटिवद्ध छ ।

७. हालसालै तपाईको सकृयता जिल्लामा पनि देखिएको छ, लमजुडवासीलाई खुसी राख्न र आफ्नो क्षेत्रको विकासका लागि भावी कार्ययोजना के के छन ?
विगतमा पन्चायत, बहुदल र गणतन्त्रसम्म आइपुग्दा लमजुङ जिल्लाका विभिन्न निकायका प्रतिनिधिहरुले मूलत केवल पदपूर्ति गर्ने, आफ्नो व्यक्तिगत उन्नति गर्ने बाहेकको उल्लेख्निय काम गर्न सकेनन्। अन्य पहाडी जिल्लाको तुलनामा हाम्रो विकास निर्माण र जनहितका कार्य प्रायः शुन्य अवस्थामा छन्। कार्ययोजनाको विषयमा बहस गर्दा लमजुङ जिल्लाको प्रत्येक वडामा मोटरवाटो पुर्याउने उद्देश्यले करापुटार– गिलुङ–पसगाउं– भुजुङ– बागलुङपानी–बेशीशहर–भोटेओडार–सुन्दरूजार – कुन्छा – सोतिपसल– रम्घा– भोर्लेटार – करपुटार चक्रपथको निर्माण कार्य गर्ने र सहायक बाटोहरु खोल्ने र एकदम आवतजावत हुने डुम्रे बेशीसहर सडकको चौडाइ र गुणस्तर सुधार गर्नेछु । लमजुङ जिल्लाकै भुजुङ, पसगाउंको हिमालबाट आएको स्वच्छ पानी समीभन्जयाङ, तन्द्राङ, टक्सार, जीता, बांग्रे, सिन्दुरे, चन्द्रेश्वर, दुराडांडा, कुन्छा, परेवाडांडा आदि खानेपानीको अभाव भएका ठाउंमा खानेपानी पुर्याई सदरमुकाममा रहेको अव्यस्थित खानेपानी सम्स्या समाधान गर्नेछु । मध्य मर्स्याङदी, उपल्लो मर्स्याङदी विद्युत् योजनाको साथै अन्य साना नदी, खोला र छहराबाट समेत विद्युत निकाली सस्तो महसुलमा हरेक गांउमा पुर्याउन प्रयासरत रहनेछु । जिल्लाको ठुलो भुभाग जंगलले भरिएको हुनाले त्यसको संरक्षण र उपयोग गरी लोर सल्ला लगायतका जडिबुटीहरुको प्रशोधन केन्द्र लमजुङमा नै खोल्ने लेकमा व्सवसायिक रुपमा भेडा– बाख्रा पालनलाई प्रोत्साहित गर्नेछु । शोषित, पीडित, दलित, गरिब पुरूष तथा महिला दुवैलाई शिप विकास गर्न र उनीहरुको आयआर्जन वृद्धि गर्न विविध कार्य सन्चालन गर्नेछु । हरेक वडामा स्वास्थ्य र मावि स्तरीय शिक्षा सुविधा तथा विकास निर्माणका कार्यहरु विना भेदभाव पुर्याउने साथै भुजुङ, बाग्लुङपानी, सिन्दुरे र गांउशहरलाई प्रमुख पर्यटन केन्द्रको रुपमा विकास गर्ने योजना छ साथै सुन्दरबजार र बेशीशहर जस्तो नगरपालिकालाई व्यवस्थित र उदाहरणीय पालिकाको रुपमा विकास गर्न विभिन्न कार्ययोजनाहरु छन् ।

८. लमजुडको भौगोलिक अवस्था हेर्दा अलि विकट र भौतिक पुर्वाधारको हिसाबले पनि अन्य जिल्ला भन्दा विपन्न छ, त्यहा गए मिहिनेत गर्छु भन्ने सोच कसरी आयो ?
अविकसित क्षेत्रलाई रुपान्तरण गरी विकास गर्ने सम्भाव्यता झन् धेरै हुन्छ , जहां भौतिक पुर्वाधारको स्थिति कमजोर छ त्यहां झन् उदाहरणीय काम गर्ने अवसर रहन्छ। नेपाली हुनुमा मलाई जति गर्व छ त्यति नै लमजुङ जिल्लाप्रति आत्मगौरव र जन्मभूमिप्रतिको प्रेमपनि । आफ्नो जन्मथलोमा जनताहरु साधारण सुविधावाट पनि वन्चित छन्, पुर्वाधारको विकास भएको छैन भन्नै थाहा भईभई पनि संलग्न नहुनु भनेको त एक सचेत नागरिकको आफ्नो थलो प्रतिको भूमिकाबाट टाढा भाग्नु हो । त्यसैकारण पनि लमजुङ जिल्ला मेरो लागि आत्मिय छ ।

९. लमजुडमा नाम कहलिएका नेता साथसाथै जरा गाडेर बसेका कम्युनिष्ट–कांग्रेसलाई चुनैति दिन सक्नुहुन्छ ? तपाईसंग त्यस्ता वैकल्पिक आधारहरु के छन् ?
व्यक्ति र दल ठूलो हुंदैमा उनीहरुले आफ्नो ठांउको लागि उल्लेखनीय सेवा गरेका छन् भन्ने हुंदैन । लामोसमयसम्म शासनको बागडोर समातेका दलको हालिमुहाली लमजुङमा भएता पनि भौतिक विकास त के सामान्य शिक्षा, औषधोपचार, स्वास्थ्य, बाटोघाटो र रोजगारीको विकाससम्म हुन सकेको छैन। त्यसैलै आफूले सकृयता बढाएर राम्रो अवधारणा प्रस्तुत गर्न सकेमा जनताको सहानुभूति र समर्थन पाउन सकिन्छ । किल्ला र गढ मानिले विभिन्न क्षेत्रहरुमा समेत नयां उम्मेदवारहरु आएर स्थापित भएको विभिन्न उदाहरणहरु छन्। मेरो राजनीति पदीय लालच र सत्ताको स्वादको लागि मात्र नभई सुशासन र आफ्नो जिल्लाको समग्र विकासको लागि हो। लमजुङमा नै दक्ष जनशक्ति तयार पारी विकासको परिकल्पना र योजनालाई साकार पार्नु नै मेरो लक्ष्य हो ।

१० . तपाई नेपाललाई प्रतिनिधित्व गर्दै थाइल्यान्ड र जर्मनीमा हुने प्यलचबम क्अजयय िया थ्यगलन एयष्तिष्अष्बलक एचयनचबm मा जादै हुनुहुन्छ, छनौट कसरी हुनुभयो, यसले तपाईको राजनैतिक यात्रामा कस्तो सहयोग प¥याउला ?
यो कार्यक्रम एसिया तथा साउथ इस्ट एसियाको लोकतन्त्रमा विश्वास रख्ने विभिन्न राजनैतिक दलको युवा नेतृत्व र नेताहरुको सम्मेलन हो । यहां विभिन्न राजनैतिक प्रणाली, दर्शन , शासनव्यवस्था र राज्यसन्चालनका लागि आवश्यक रहने नेतृत्व कला र विभिन्न राजनैतिक गुणहरुको विकासका लागि पर्याप्त तालिमहरु प्रदान गरिन्छ । पार्टीभित्र पनि विभिन्न चरणमा भएको अन्तर्वार्ता र छनौटप्रकृयाबाट म यस कार्यक्रमको लागि छानिएको हो । राजनैतिक दल मात्र नभई सिंगो नेपाललाई नै प्रतिनिधित्व गर्नै भएको हुनाले यस कार्यक्रममा विभिन्न देशको रीतिरिवाज, चालचलन, शासनपद्घति आदिको बारेमा सिक्न पाउने हुनाले पनि यसले मेरो बुझाईको क्षितिजलाई अझ ठूलो बनाउनो कुरामा हर्षित छु । समग्र बुझाई र तालिलमले राजनैतिक यात्रामा पनि सकारात्मक सहयोग प्रदान गर्ने कुरामा विश्वस्त छु ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रतिनिधिसभाको बैठक ...

काठमाडौं । संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज बस्ने बैठकमा दुई वटा संभावित कार्य ...

पारस खड्काले अन्तर्र ...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्या ...

निजीकरण गरिएका सातवट ...

इलाम : निजी क्षेत्रले व्यवस्थापन गर्नुको सट्टा झन–झन् बिजोक बनाउन थालेपछि निजीकरण गरिएको ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved