राप्रपामा भाँडभेलो, केन्द्रीय विशेष समितिमा धवलशम्शेर नपरेपछि कार्यकर्ता रुष्ट, कमल थापाले गरे एक्लै हिड्ने निर्णय

  • असार ५, २०७८
  • हाम्रो कालापानी
alt

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले केन्द्रीय विशेष समितिमा नेपालगञ्ज उप-महानगरपालिकाका मेयर समेत रहेका नेता धवलशम्शेर राणालाई नराखेपछि आलोचना शुरु भएको छ ।

अध्यक्ष थापाले शुक्रबार २५ सदस्यीय केन्द्रीय विशेष समिति गठन गरेका छन् । समितिमा राणालाई राखिएको छैन । राणा राप्रपामा उपाध्यक्ष र महामन्त्री भइसकेका छन् । राप्रपाभित्र राणा लोकप्रिय नेताका रुपमा परिचित छन् ।

कांग्रेस र कम्युनिस्टको दब्दवा रहेका बेला स्थानीय तहको निर्वाचनमा राणा शानदार मतका साथ विजयी भएका थिए । राप्रपाभित्र राणाले आगामी महाधिवेशनबाट आफूलाई नेतृत्वको दावेदारको रुपमा प्रस्तुत गर्दै आएका छन् । राणाको सक्रियता, नेतृत्वमा दाबी र अन्य विविध कारणले अध्यक्ष थापाले विशेष समितिमा नल्याएको भनेर आरोप लागेको छ ।

अध्यक्ष थापा लगायत नेतृत्वको कार्यशैलीलाई राणाले मन पराउँदैनन् । थापासहित राप्रपा नेतृत्वको उनले आलोचना गर्ने गर्छन् । राणाको यो शैलीलाई थापाले रुचाएका छैनन् भनेर टिकाटिप्पणी हुने गरेको छ । विशेष समितिमा अध्यक्ष थापासहित पशुपतिशम्शेर जबरा, प्रकाशचन्द्र लोहनी, उद्धव पौडेल, गणेश शेरचन, जयन्त चन्द, ठाकुरप्रसाद शर्मा, तोरणबहादुर गुरूङ, दीपक बोहरा, ध्रुवबहादुर प्रधान रहेका छन् ।

नवराज सुवेदी, निरञ्जन थापा, निलकण्ठ काफ्ले, बिक्रम पाण्डे, बिक्रमबहादुर थापा, बुद्धिमान तामाङ, भास्कर भद्रा, भुवन पाठक, राजिव पराजुली, राजेन्द्र लिङ्गदेन, रामचन्द्र राय, रोशन कार्की, सुशीलकुमार श्रेष्ठ, श्यामप्रसाद तिमिल्सिना र हरिबहादुर बस्नेत समितिमा रहेका छन् । विशेष समिति पार्टी सञ्चालनको शक्तिशाली कमिटीमा मानिन्छ । राणाभन्दा जुनीयर नेताहरूलाई समितिमा राखेपछि अध्यक्ष थापाले किन अन्याय गरेका हुन् केही भनिएको छैन । राप्रपामा राणाले राम्रो पठक बनाएको देखेर अध्यक्ष थापा तर्सिएर विशेष समितिमा ठाउँ नदिएको आरोप छ ।

यो संगै राप्रपा अध्यक्ष कमल थापाले लोभीपापी र अवसरवादीहरुलाई बोकेर हिड्दा संतोष नहुने र गन्तव्यमा पनि नपुगिने भन्दै आफु एक्लै हिड्ने बताएका छन् । उनले सामाजीक संजाल ट्विटरमा उनले विगतमा गरेको गल्ति सच्याउने समय समेत आफुसंग नभएको भन्दै अबका दिनमा आफुनो पछि कति छन भनेर नहेर्ने बरु एक्लै हिड्ने बताएका हुन् ।

kamal

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रतिनिधिसभाको बैठक ...

काठमाडौं । संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज बस्ने बैठकमा दुई वटा संभावित कार्य ...

पारस खड्काले अन्तर्र ...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्या ...

निजीकरण गरिएका सातवट ...

इलाम : निजी क्षेत्रले व्यवस्थापन गर्नुको सट्टा झन–झन् बिजोक बनाउन थालेपछि निजीकरण गरिएको ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved