राजनीतिक ब्रान्ड बन्दै धवल शमशेर

१०४ वर्षसम्म नेपालमा शासन गरेको राणा खलकका अहिले औलामा गत्र सकिने शेरै सन्तान राजनीतिमा सक्रिय छन्। तीसध्येका धवल शमशेर एकहुन्।

  • जेठ ३१, २०७८
  • हाम्रो कालापानी
alt

१०४ वर्षसम्म नेपालमा शासन गरेको राणा खलकका अहिले औलामा गत्र सकिने थोरै सन्तान राजनीतिमा सक्रिय छन्। तीसध्येका धवल शमशेर एकहुन्। यस्तै कारणले उनी जिजु हजुरबुवा देवशमशेरको झैँविकासप्रेग्री नेताको छवि बनाउन सफल भएका छन्। त्यहीँ छविकै कारण धवल २० वर्षपछि पनि नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखको कसीमा बस्र सफल भएका हुन्।

डाक्टर धवल शमशेर राणा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख हुन् । भ्रष्टाचार विरोधी, विकास प्रेमी नेताको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त राणा जनताको बीचमा सदाबहार लोकप्रिय छन्। बुबा स्व. कैलाश शमशेर राणा र आमा स्व.अम्बिका राणाको कोखबाट वि.सं. २०१८ साल चैत्र १७ गतेका दिन बाँके जिल्लाको नेपालगन्ज नगरपालिका वडा नं. १३ हालको वडा नं. १० मा राणाको जन्म भएको थियो । राणाको जन्म नेपालगन्जमा भए पनि उनको बाल्यकाल भारतमा बितेको थियो । १८८९ मा नेपालका तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाले देव शमशेर राणालाई देश निकाला गरेपछि देव शमशेर परिवार सहित भारतको मुसुरीमा बसाइ सरेका थिए। धवल विकासप्रेमी राणा प्रधानमन्त्री देवशमशेरका पनाति हुन् । देव शमशेरको १९०३ मा भारतमा देहवसान भएको थियो । देश निकाला भएपछि मुसुरीमा ठूलो महल बनाएर भारतमा बसेका देव शमशेरको परिवारलाई ३९ वर्षपछि चन्द्र शमशेरले नेपाल फर्किन दिएका थिए । त्यसपछि देव शमशेरका छोरा तथा धवल शमशेरका हजुर बुवा मसुरी शमशेर नेपालगन्ज आएर बसेका थिए्र मसुरी शमशेर नेपालगन्ज आएपछि पश्चिम तराइमा राणा खानदानको बीउ रोपियो । मसुरी शमशेरले आफ्नो पालामा महाकाली मिल खोलेर औद्योगिक क्रान्ति गरेका गरेका थिए। मसुरी शमशेरका छोरा कैलाश शमशेरले पनि कृषिलाई प्राथमिकता दिए।

धवल शमशेरका हजुर बुवाहरूले भारतमा घरजम गरेकाले पनि उनले कक्षा १ देखि स्नातोकोत्तर तहसम्मको अध्ययन भारतमै गरे। धवल शमशेरले भारतबाट राजनीति शास्त्रमा स्नातकोत्तर र अमेरिकाबाट नगर विकासको विषयमा विद्यावारिधी ९पिएचडी० गरेका छन् । धवलले बाल्यकालको अधिकांश समय भारतमा पढाइसँगै बिताए । भारतमा वर्षको धवल शमशेरका हजुर बुवाहरूले भारतमा घरजम गरेकाले पनि उनले कक्षा १ देखि स्नातोकोत्तर तहसम्मको अध्ययन भारतमै गरे। धवल शमशेरले भारतबाट राजनीति शास्त्रमा स्नातकोत्तर र अमेरिकाबाट नगर विकासको विषयमा विद्यावारिधी ९पिएचडी० गरेका छन् । धवलले बाल्यकालको अधिकांश समय भारतमा पढाइसँगै बिताए । भारतमा वर्षको ९ महिना विद्यालय खुल्ने र ३ महिना जाडो बिदा हुने भएकाले धवल बिदाको ३ महिनाको समय नेपालगन्जमा बिताउथे ।

बाल्यकालमा पढाइसँगै खेलकुदलाई पनि सँगसँगै अगाडि बढाएका धवल फुटबल, हक्की, टेनिस र स्विमिङ्ग खेलका राम्रा खेलाडी हुन्। सम्पन्न राणा खानदानमा जन्मिएका उनले बाल्यकालमा आर्थिक अभावको कारणले कुनै समस्या भोग्नु परेन। धवल शमशेरका बुवा नेपालका पहिलो “कृषि इन्जिनियरु हुन् । अमेरिकामा पढेर नेपालको पहिलो “कृषि इन्जिनियर” बनेपछि तराईका उर्वरभूमिमा कृषि क्रान्ति गर्ने कैलाश शमशेर राणाको सपना थियो । यसका लागि दुई छोरा सुमेर शमशेर र धवल शमशेर पनि कृषि क्षेत्रमै लागून् भन्ने उनी चाहन्थे। बुवाको सपना अनुसार धवलले आफ्नो पढाइसँगै खेती किसानीमा समेत ध्यान दिएका थिए । बिदामा नेपालगन्ज आएको समयमा उनले तरकारी खेती गरेर कृषि पेसालाई आफ्नो व्यवसाय बनाए । उनका दाजु सुमेर भने पूर्ण रूपमा बुवाको बाटोमा हिँडे।

धवलले प्रवीणता प्रमाण पत्र तहको पढाइ सकेपछि १९ वर्षको उमेरमा आफूसँगै कलेजमा पढ्ने भारतीय महाराजाकी छोरीसँग प्रेम विवाह गरे। घरपरिवारको कृषि पेसासँगै धवलले पढाइलाई निरन्तता दिन भने छोडेनन्। स्नातक तह अध्ययनसँगै उनले भारतमै कन्सट्रक्सन कम्पनीमा केही समय नोकरी गरे। त्यसपछि स्नातकोत्तर तहको पढाइ सकिएपछि उनले कपास विकास समिति खजुरामा सहसचिव स्तरको नोकरी गरे । ३ वर्ष सम्म काम गरेपछि काम छोडेर उनी पूर्ण रूपमा व्यवसायमा लागे । उनले नेपालगन्जमा होटल बाटिका, बर्दियामा एड्भेन्चर रिसोर्ट र नेपालगन्जमा मोडर्न पब्लिक स्कुल खोलेर व्यवसायिक क्षेत्रमा फड्को मारे ।

केही समयको व्यवसायिक सफलतापछि व्यवसायसँगै धवलले जिन्दगीको नयाँ बाटो तय गरे। उनले राजनीतिमार्फत् विकासमा कायापलट गर्ने योजना बनाए । भारतमा अध्ययनको क्रममा नेपालमा फर्किएपछि राजनीति गरेर देश विकासमा लाग्ने भावना उनमा जागेर आएको थियो्र नेपालमा भएको २०४६ सालको जनआन्दोलनमा दुख पाएपछि उनि २०४७ सालमा राजनीतिमा आबद्ध भए। औपचारिक रूपमा राप्रपाको युवा संघमा जिल्ला सचिव भई राजनीतिक यात्रामा हिँडेका थिए। २०५१ सालमा उनी संसदीय निर्वाचन लडे। उक्त निर्वाचनमा उनले सम्मानजनक मत प्राप्त गरेका थिए। २०५१ को संसदीय निर्वाचनमा पराजित भएपनि २०५४ मा तत्कालीन नेपालगन्ज नगरपालिकाको प्रमुख पदमा अत्याधिक मतले निर्वाचित हुन सफल भए। नेपालगन्जको नगर प्रमुख बन्दा धवल जम्मा ३२ वर्षका मात्रै थिए। पहिलोपटक प्रमुख बन्दा उनले नेपालगन्जमा विकास झल्किने गरी उल्लेखनीय काम गरे । नेपालगन्जका तालतलैया संरक्षण, सडक तथा नालाको विस्तार र विकास, महेन्द्र पार्क (मिनी जू), रानी तलाउ निर्माण, नगरपालिकाको आय स्रोत बढाउन विभिन्न ठाउँमा सटर निर्माणजस्ता थुपै काम गरे । आफुले प्रमुख भए बाफत पाउने भत्ता दीन/दुःखीलाई वितरण गरे । भत्ताको रकमबाटै भेरी अस्पतालमा प्रतीक्षालय निर्माण गरे ।

१०४ वर्षसम्म नेपालमा शासन गरेको राणा खलकका अहिले औंलामा गन्न सकिने थोरै सन्तान राजनीतिमा सक्रिय छन्। तीमध्येका धवल शमशेर एक हुन् । यस्तै कारणले उनी जिजु हजुरबुवा देवशमशेरको झैं विकासप्रेमीु नेताको छवि बनाउन सफल भएका छन्। त्यहीँ छविकै कारण धवल २० वर्षपछि पनि नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखको कुर्सीमाबस्न सफल भएका हुन् । जुन काममा हात हाल्यो, त्यसमा सफल हुनै पर्ने स्वभावका कारण उनी राजनीतिक क्षेत्रमा पनि सफल भएका छन्। उनले राजनीतिमा लाग्दा जहाँ जुन जिम्मेवारी पाए, त्यसलाई सफलतापूर्वक निर्वाह गरे। भाषण र बोलीमा भन्दा विकास र काममा विश्वास गर्ने धवल सबैका प्रिय पात्र बन्न सफल भएका छन्। उनी राणा खानदानको भए पनि व्यवहारमा भने त्यो झल्किँदैन । उनको सरल, मिजासिलो र नम्र स्वभावले जोकसैलार्ड सजिलै आकर्षित गर्न सक्छ । प्रतिस्पर्धी दलका नेता(कार्यकर्ता पनि उनको राजनीतिक प्रतिभाको मुक्तकण्ठले प्रशंसा गर्छन्।

उनले २०५४ को स्थानीय निर्वाचनमा नेपालगन्जको प्रमुख निर्वाचित भएपछि चुनावमा विभाजित मतदातालाई एउटै तराजुमा राखेर सेवा प्रवाह गरे । विकासको सन्दर्भमा आफूलाई एउटा राजनीतिक ब्रान्डको रूपमा स्थापित गरे । धवलले पाँच वर्ष अवधि २०५४/२०५९ मा नेपालगन्जको अनुहार बदल्ने प्रयास मात्रै गरेनन्, स्थानीय निकाय सञ्चालन विषयमा विद्यावारिधीसमेत गरे । यसले उनको राजनीतिक यात्रालाई अझ मजबुत बनायो ।

५ वर्ष नगरको मेयर बनेर काम गरेका धवलले राप्रपाको २ कार्यकाल बाँके जिल्ला अध्यक्ष, २ कार्यकाल केन्द्रीय उपाध्यक्ष र २ कार्यकाल केन्द्रीय महामन्त्रीको जिम्मेवारीमा रहेर काम गरेका छन्। पार्टीका निर्वाचनहरुमा अत्याधिक मतले निर्वाचित हुने धवलले संबिधानसभाको निर्वाचनमा पूर्व प्रधानमन्त्री शुसिल कोईरालासँग झिनो मतान्तरले पराजय भोगेका थिए । लामो समयको स्थानीय निकायमा हुन नसकेको निर्वाचनको अभावलाई पूरा गर्न २० वर्षपछि नेपालगन्ज उपमहानगरपालिकामा धवलको पुनः प्रवेश भयो । नेपालगन्जका जनताले दल हैन, लोकप्रिय ब्रान्ड रोजे। उनी आबद्ध दल राप्रपा उपमहानगरका २३ मध्ये तीन वडा र केही वडाका सदस्यहरूमा सीमित हुँदा धवलले भने सानदार जित हासिल गरे । दल भन्दा विकास र जनतालाई महत्व दिने विशेषता भएको कारण उनी सफल भए।

धवलले दुई दसकअघि स्थापित गरेको ब्रान्डलाई यसपटक पनि कायम राख्न सफल भएका छन्। नेपालगन्ज उपमहानगरपालिकाको नेतृत्वमा पुगेपछि धवल शमशेर नेतृत्वको टिमले नगरवासीको मन जिल्ले गरी विकासका काम गरेका छ। पालिकाको मेयरमा निर्वाचित भएपछि पालिकालाई विकासको उत्कृष्ट नमुना सहर बनाउने लक्ष्यका साथ अघि बढे धवल।

नगरका अधिकांश क्षेत्रमा सडक, ढल, नालालगायतका पूर्वाधार निर्माणको विकास भएको छ। वडा नं. ४ मा छात्रा कलेज सञ्चालन, अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक बसपार्क निर्माण, आधुनिक ल्याण्डफिल्ड साइट सञ्चालन, छाडा पशु चौपायाको व्यवस्थापनका लागि काञ्जी हाउस निर्माण लगायतको विकासका काम यस अवधिमा धवलको नेतृत्वमा भएको छ। त्यसैगरी द्वनद्वकालको समयमा जीर्ण बनेका रानी तलाउ, महेन्द्र पार्क, वाटरपार्कलगायतका ठूला पार्क तथा तलाउहरूको पुनर्निर्माण गरिएको छ। त्यस्तै नेपालगन्ज वडा नम्बर २२ मा रहेको कान्ति ताल अत्याधुनिक पार्कसहित निर्माणाधीन अवस्थामा रहेको छ भने विभिन्न वडाहरूमा साना पार्कहरू निर्माण भएका छन्।

पहिलोपटक नगर प्रमुख बन्दा आफूले पाउने पारिश्रमिकबाट मानवीय कार्य गरेका र दीन/दुखीलाई वितरण गरी सहयोग गरेका धवलले यसपटक पनि आफूले पाउने मासिक तलब भत्ता विभिन्न रचनात्मक काममा खर्चिरहेका छन् । उनले पाउने मासिक तलब ४५ हजार र भत्ताबापतको ५ हजार गरी ५० हजार हरेक महिना विभिन्न मानवीय कार्यमा सहयोग गर्दै आएका छन्। धेरै जनप्रतिनिधिहरूले भ्रष्टाचार तथा अनियमितता गरेका समाचारहरू आइरहेका बेला धवलमा भने कुनै किसिमको लोभ चालच र स्वार्थ छैन। उल्टै आफूले पाउने तलबभत्ता सामाजिक कार्यमा लगाउँदै आएका छन्। सबै नेताहरू भ्रष्ट र चोर हुन् भन्ने जनतामा रहेको भ्रमलाई चिर्न र सबै नेता तथा जनप्रतिनिधि भ्रष्ट र चोर हुँदैन भन्ने सन्देश दिनका लागि सामाजिक विकासको भावनाले काम गरिरहेको धवलको भनाइ छ। सरल स्वभावका मेयर धवलको कार्यशैलीप्रति सबै नगरवासी, जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू, कर्मचारीहरू, सामाजिक संघ संस्थाका व्यक्तिहरू सन्तुष्ट देखिन्छन् । यो अवधिमा विभिन्न महत्वपूर्ण कार्य गरेर आफ्नो पहिचानलाई उच्च बनाएका धवल नेपालगन्जलाई प्रदेश राजधानी बनाउन नसक्नु र नेपालगन्ज/दिल्ली हवाई उडान सुचारु गर्न नसकिनु आफूले गर्न नसकिएको काम भएको बताउँछन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रतिनिधिसभाको बैठक ...

काठमाडौं । संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज बस्ने बैठकमा दुई वटा संभावित कार्य ...

पारस खड्काले अन्तर्र ...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्या ...

निजीकरण गरिएका सातवट ...

इलाम : निजी क्षेत्रले व्यवस्थापन गर्नुको सट्टा झन–झन् बिजोक बनाउन थालेपछि निजीकरण गरिएको ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved