बिहीबार ९ हजार पीसीआर परीक्षण गर्दा ३७ सय कोभिड बिरामी थपिए

५९ जनाको मृत्यु, ५२९३ जना डिस्चार्ज

  • जेठ २७, २०७८
  • हाम्रो कालापानी
alt

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३,७४९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ९,९०१ वटा पीसीआर र ५,३३७ एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

एन्टीजेन परीक्षणको थप विवरण प्राप्त हुने क्रममा रहेको मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षण झनै घटाइएको छ ।
परीक्षणमध्ये संक्रमणदर १८.९ प्रतिशत छ ।

पछिल्लो २४ घण्टामा ५९ जनाको मृत्यु पुष्टि भएको छ । कूल ८२३८ जनाको मृत्यु भएको छ । मृत्युदर १.३७ प्रतिशत छ ।

५२९३ जना डिस्चार्ज भएका छन् । निको हुने दर ८५.७ प्रतिशत छ । २२ लाख ४४ हजारले कोभिडविरुद्धको पहिलो डोज खोप लगाएका छन् भने ६ लाख ९१ हजारले दोस्रो डोज खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद विस्तार ...

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारल ...

पार्टीको महाधिवेशनमा ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्वास्थ्य मापदण्ड पालना गर्दै पार ...

कांग्रेस सभापति देउव ...

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमहामन्त्री सुनिलबहादुर थापासहित ५५ जनालाई मह ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved