काठमाडौं महानगर सँग भगिनी सम्बन्ध गास्दा जुम्लालाई बागमती उपहार (फोटोफिचर)

  • जेठ २२, २०७८
  • हाम्रो कालापानी
alt

सपना रावत, जुम्ला । आज अंग्रेजी क्यालेन्डर अनुसार जुन ५ अर्थात संसारभर विश्व वातावरण दिवसको रुपमा मनाइन्छ । जुम्लामा यसपटक कोभिड ( १९ को कारण औपचारिक कार्यक्रमको आयोजना नगरिए पनि सामान्य नागरिक देखि स्थानिय जनप्रतिनिधि सम्मले ूविश्व वातावरण दिवसू को शुभकामना दिएको सामाजिक सञ्जालमा देख्न र पढ्न पाइन्छ । शुभकामना दिने काममा जुम्लाका जनप्रतिनिधिले कुनै कन्जुस्याइँ गरेको पाइदैन ।

20210605114236_IMG_7061

सरोकारवालाले विश्व वातावरणको शुभकामना दिइरहेको बेला जुम्लाको एकमात्र नगरपालिका चन्दननाथ नगरपालिकाु को मुटुमा बग्ने जुगाड खोला दिनप्रतिदिन दुर्गन्धित बन्दै गएको छ । खोला यसरी दुर्गन्धित हुँदा पनि यसमा कसैको ध्यान गरेको छैन । जुम्ला जिल्लाकै एकमात्र चन्दननाथ नगरपालिकाको भवन पछाडि बाटै भएर बग्ने यस जुगाड खोला दुर्गन्धित हुदा पनि नगरपालिकाले ध्यान नदिनु ठूलो बेइज्जतको कुरा भएको पाँच नम्बर वडा सदस्य हरि प्रसाद श्रेष्ठले बताए ।

20210605114158_IMG_7059

सदस्य श्रेष्ठले चन्दननाथ नगरपालिका र काठमाडौं महानगर बिचको भगिनी सम्बन्धको उपहार जुम्लालाई बागमती स्वरुप जुगाड खोलाू भएको व्यंग्य गरे । उनका अनुसार चार महिना अघि व्यक्तिगत रुपमा उनले नगरपालिकामा निवेदन दिदा र नगर बैठकमा पनि यसबारे कुरा उठाउदा कुनै सुनुवाइ नभएको गुनासो गरे । ूनगरपालिकाले वडा सदस्यकै कुरा त सुन्दैन भने, सामन्य जनताको कुरा कसरी सुन्छ र रुू उनले उल्टै प्रश्न गरे ।

20210605113532_IMG_7056 1

भाषणमा मात्र ठुला कुरा गर्ने नेतालाई यस जुगाड खोलाको बढ्दो फोहोर मैलोले उनिहरुलाई नाङ्गै बनाएको छ । खलंगा बजार भित्रको फोहोर नगरपालिकाले नउठाउदा समयसमयमा विभिन्न युवा, स्थानिय क्लब र नागरिकको पहलमा सरसफाइ गरिदै आएको छ । कयौंपटक नागरिक र युवास्तर बाट जुगाड खोला सरसफाइ गरि दबाब दिदा पनि नगरपालिका र यहाका सरोकारवालाको ध्यान जान सकेको छैन ।

20210605114356_IMG_7063

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद विस्तार ...

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारल ...

पार्टीको महाधिवेशनमा ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्वास्थ्य मापदण्ड पालना गर्दै पार ...

कांग्रेस सभापति देउव ...

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमहामन्त्री सुनिलबहादुर थापासहित ५५ जनालाई मह ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved