टीकापुर अस्पताललाई बेलायतबाट स्वास्थ्य सामग्री प्रदान

  • जेठ १७, २०७८
  • हाम्रो कालापानी
alt

कैलाली । कैलालीको टीकापुर अस्पताललाई बेलायतमा बस्दै आएका तीन युवा व्यवसायीले स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।

झापा बाह्रदशी गाउँपालिका राजगढ स्थायी घर भई बेलायतमा एक दशकभन्दा बढी बस्दै आएका टंक भट्टराई र काठमाडौं घर भएका आशिष महर्जन र जेनिस गिरीको संयुक्त प्रयासबाट पाँच ओटा अक्सिजन कन्सन्ट्रेटर अस्पताललाई आइतवार हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य क्षेत्रमा काम गरिरहेका डा अभिषेक न्यौपानेमार्फत टीकापुर अस्पतालका सुपरिटेन्डेन्ट डा रेमकुमार राईलाई रू. पाँच लाख बराबरको उक्त कन्सन्ट्रेटरहरू एक कार्यक्रमका बीच प्रदान गरिएको थियो । बेलायतमा स्थापित समाजसेवीका रूपमा परिचित भट्टराई परोपकारी संस्था कोडेकका अध्यक्षसमेत हुन् । 

उनले गिरीसँगै मिलेर हचटिआर नामक मानव श्रम व्यवस्थापनमार्फत स्वास्थ्य क्षेत्रमा रोजगारीसमेत दिँदै आइरहेका छन् । 

‘तीनै जना कोभिड संक्रमित भई हाल निको भएका छौँ, बेलायत जस्तो देशमा त हामीलाई यति गाह्रो भयो भने नेपालमा कति गाह्रो होला भन्ने सोचेर हामी तीन जनाले सहयोग गर्ने निर्णय गरेका हौँ’, भट्टराईले भने । भट्टराई अध्यक्ष रहेको परोपकारी संस्थाले पनि कोरोना संक्रमितका लागि सहयोग गर्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद विस्तार ...

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारल ...

पार्टीको महाधिवेशनमा ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्वास्थ्य मापदण्ड पालना गर्दै पार ...

कांग्रेस सभापति देउव ...

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमहामन्त्री सुनिलबहादुर थापासहित ५५ जनालाई मह ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved