सुटुक्क बिबाह गरे बेलायतका प्रधानमन्त्री जोनसनले

  • जेठ १६, २०७८
  • हाम्रो कालापानी
alt

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नी प्रेमिका क्यारी सिमोन्डसँग विवाह गरेका छन्।
५६ वर्षीय प्रधानमन्त्री जोनसनले ३३ वर्षीया प्रेमिका सिमोन्डसँग वेष्टमिनिस्टर क्याथेड्रलमा गोप्य समारोहकाबीच विवाह गरेको बेलायती सञ्चारमाध्यमले जनाएका छन्।

प्रधानमन्त्री जोनसनको विवाहमा निकटका केही साथी र परिवारका सदस्यहरु मात्रै उपस्थित भएको जनाइएको छ। बेलायती प्रधानमन्त्रीको सरकारी निवास डाउनिङ स्ट्रिटका सचिव थेरिस कोफीले बधाई प्रधानमन्त्रीलाई वैवाहिक जीवनको बधाई दिएका छन्। यसैगरी उत्तरी आयरल्याण्डका प्रथम मन्त्री आर्लिन फोस्टरले पनि ट्वीटर मार्फत् जोनसनलाई बधाई दिएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद विस्तार ...

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारल ...

पार्टीको महाधिवेशनमा ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्वास्थ्य मापदण्ड पालना गर्दै पार ...

कांग्रेस सभापति देउव ...

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमहामन्त्री सुनिलबहादुर थापासहित ५५ जनालाई मह ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved