सबै शक्तिलाई अटाउने ब्यबस्थाको परिकल्पना सहित नयाँ बहसको सुरुवात गरौं

  • मंसिर २६, २०७७
  • हाम्रो कालापानी
alt

सरस्वती केसी अधिकारी,नेत्रृ, राप्रपा

स्मरण रहोस २०६२/०६३ सालको जनआन्दोलनको माग नेपाललाइ धर्मनिरपेक्षता बनाउने र राजा हटाउने थिएन ।
के राजसंस्था नेपालमा आवस्यक छैन ? किन हटाइयो हिन्दुराष्ट्र ? अब फेरि राजा आउलान ? कस्तो ब्यबस्था भए नेपालमा स्थायित्व कायम हुन्छ ? यिनै प्रश्नहरुले आजकाल मेरो मन तरङ्गित र बिचलित पनि हुन्छ ।

हो, पक्कै पनि जनआन्दोलनमा जनता सडकमा आए तर राज संस्था र धर्म निरपेक्षताको बारेमा जनआवाज उठेकै थिएन तर राजा सङ्ग सहमति समेत भएको रैछ त्यो सहमतिलाई प्रवाह नगरी योजनाबद्ध ढंगले राजसंस्था हाटाउने काम भयो । सयौं बर्षको आफ्नो बिरासतलाई प्रवाह नगरी देश बचाउने खातिर राजाले नारायणहिटि दरबार छोडे। यतिले नि नपुगेर जनताको अभिमत बिना रातारात नेपाली जनता सुतिरहेको बेला २, ४ जना नेताको निर्णयबाट बिदेशी इशारामा देशलाइ धर्म निरपेक्षता बनाइयो । हिन्दुराष्ट्र हुदा नि त सर्व धर्म समभाव सहितको बडामहाराजा धिराज पृथ्वीनारायण शाहले आर्जेको चार जात छत्तीस बर्णको फुलबारीमा सबै अटेकै थिए । जातिय विभेद थिएन । राजाले नारायण हिटि दरबारकै नजिक घन्टाघरमा त्यति ठुलो मस्जिद बनाइदिएकै थिए, चर्च, गुम्बा,सब थिए। हिजोका सासकले बनाएकै संरचनाले आज नि बिदेशमा हाम्रो कलाकौशलको गुनगान समेत हुनेगरेको छ । पर्यटकिय मनोरम दृश्य झल्काउने आधार बनेको छ । अहिले गणतन्त्रमा के निर्माण भयो र ?

हिजोकै राणा देखि शाह बंशले निर्माण गरिएको सिंहदरबारको आवस्यक परेकै देखिन्छ । हिजोकै हरेक संरचना भित्र बसेर अहिले राष्ट्रपति,मन्त्री, देखि हरेक तहको राजकाज चलाउनु परेकै छ अनि नाम र रङ्ग किन फेर्न पर्यो र ? अहिलेको गणतन्त्रमा खाली नाम फेरियो जताततै नेपाल सरकार अनि रङ्ग परिवर्तन गर्ने नाम फेर्ने,ईतिहास मेटाउने अनि उद्द्घाटन रे ,शिलान्यास गर्ने रे गणतान्त्रीक नेपालका गोठका मन्त्रीहरू यसमै ब्यस्त देखिन्छन अरु भौतिक नयाँ संरचना बनाउने योजना देखिदैन । सच्चै आधुनिक नेपालको बिकाश गर्ने हो भने त धर्म, संस्कृति,परंम्परा र इतिहासलाइ अंगाल्दै नयाँ निर्माण गर्ने हो ।

यदि आफू र आफ्नो परिवारलाई मात्र बनाउने भए १७ हजार नेपाली किन मार्यौ ?
तेतिलाई त ४६ साल देखि नै राजाले दिएकै थिए नि । राजसंस्था हटाउनु किन पर्थ्यो र ?
जनआन्दोलनको भावना बिपरित किन हिन्दुराष्ट्रको पहिचान मेटाउने काम भयो ?
तेति बेला नबुझेनी आज भोलि जनताले बुझ्न थालेको आभाश हुन्छ ।
के नेपालमा एउटा शक्ति उदाउने बित्तिकै अर्को शक्तिलाई बिस्थापित गर्नै पर्ने ?
आखीर त्यो शक्ति पनि त नेपाली नै हो ।
किन शत्रुता र बैरभाव राखेको होला ?

यस्तो नगरेर सबैलाई समेटेर लगेको भए सायद आजभोली प्रचण्ड बाबुरामहरुको संघिय गणतन्त्रमा राजाबादिको आवाज निस्कदैन थियो होला । देशैभरी राजाबदीको चर्को आवाज सहित राजाको माग छ । यसलाइ सानो सम्झनु मुर्खता हुनेछ । स्मरण रहोस, सानो झिल्काले पनि डढेलो लाग्छ । आखिर यो देश पुर्खाले बिरासतको रुपमा हामिलाइ उपहार छोडेर गएका हुन।
ब्यक्तिगत बिर्ता त होइन । बडा महाराजा धिराज पृथ्वीनारायण शाहले नेपाल दुई ढुङ्गाको तरुल हो भन्नुमा विशेष अर्थ राख्छ । ढुङ्गा सर्दैन तर तरुल फलाएर दुबै देशलाइ बेच्न सकिन्छ ।उहाको भनाइले देशको सार्वभौमसकता, स्वाभिमान र सुरक्षा हो यसमा अर्थपुर्ण रुपमा हामिले बुझ्न जरुरी छ ।

बरु यो देश जोगाउन शाह बंशिय योगदान नै ठुलो छ र अब नि अपरिहार्य छ । राजतन्त्र हाम्रो रक्षा कवज हो । राज शक्ति र जनशक्ती दुबै मिलेर मात्र देश बन्छ । राजा र देशको सम्बन्धमा निस्वार्थ रहन्छ । राजसंस्था भएकै कारण यो देश सुरक्षित हुँदै आएको छ नत्र बेला बेलामा बिदेशिको आंखामा नपरेको होइन । राजाहरुले आफ्नो साशन कालमा देशको एक चिम्टि माटो नि गुम्न दिएनन। राजा ज्ञानेन्द्रले पनि देश र जनताकै खातिर हासी हासी सयौं बर्षको आफ्नो पुर्खाले आर्जेको बिरासत छोडेर निस्के । उनले चाहेको भए साम,दाम,डन्ड भेद सबै अपनाउथे होलान । ब्यक्तिगत स्वार्थको लागि भए पनि कम्प्रामाइज गर्थे होलान । तर यसो गरेनन,यहि उनको महानता हो ।

राजा सबका साझ हुन्थे अहिले त एउटालाई भारत अर्कोलाई चिनले तानेको अवस्था छ । के यसरी नै नेपाली जनता अरुको आश ?भरमा आफू आफुमै लडाइ गरिरहने ?के यसको बिचको साझा बिन्दु हामिले निर्माण नगर्ने ? समय छ भोलीका सन्ततिले सम्झन लायक काम गरि देशमा भएकै सबै शक्तिलाई समेट्दै देश निर्माणमा जुट्न जरुरी छ ।

एक राजा त जन्मिए तर आज हजारौं राजा जन्मिए । अहिले उनिहरु र उनका परिवारलाई पाल्न देशलाइ हम्मेहम्मे परेको छ।
बिश्वका धेरै ठुलो देशमा पनि गणतन्त्र छैन ।
नेपाल भन्दा हजारौं गुणा बिकाशमा अगाडि छ । हाम्रो देशको गणतन्त्रले त भएका इतिहास मेटाउने, कलकारखाना बन्द गर्ने शिवाय अरु उन्नती गर्न सकेन ।
फलस्वरुप जनता छोराछोरिले हातमुख जोड्ने
बिरगंज चिनी कारखाना
जनकपुर चिनी कारखाना
हेटौडा कपडा उद्योग
कठमान्डौ रोप्वे
बुट्वल धागो कारखाना
इलाम चिया कारखाना
हिमाल सिमेन्ट
बिराटनगर जुटमिल
जनकपुर चुरोट कारखाना
बासबारी छाला जुत्ता कारखाना
उदयपुर सिमेन्ट
ट्रली बस सेवा
साझा बस
शाही नेपाली बायुसेवाको हवाइजहाज
सर्लाही चिनी कारखाना आदिको अवशेष समेत राखेनन ।
अहिले आफ्नै परिवारको नाममा केही उद्योग दर्ता छन । १७ हजारको परिवारले के पायो रु अनि जसले यो ब्यबस्था ल्याउन रगतको होलि खेले ती अयोग्य को ट्याग लागेका लडाकुले के पाए । बरु कहाँ होलान के गर्दै होलान रु बेपत्ता नागरिकका परिवारमा कति छटपट्टी होला । कति त अङ्ग भङ्ग भएका छन तिनको गुजारा कसरी भएको होला रु संघिय गणतन्त्रले के नया दियो जनतालाई रु त्यसले सबैलाई अटाउने साझा बिन्दु सहितको ब्यबस्था बनाऔ जसमा राज संस्था देखि देशमा भएका क्रान्तिकारी बिद्रोहि शक्ति समेत अटोस । देश बन्न सबैको सहयोग र सहमतिको आवस्यक देखिन्छ ।

अर्को शक्ति जसले, २०६२रण्६३ सालमा भेलमा बगिरहेको राजसंस्था र हिन्दुराष्ट्रलाई बहिरा निकाल्न नसकेनी अस्तित्व बिहिन हुन नदिने कमल थापा नै हुन यसम मन माने कि कसैको मुख नमान्न सक्छ । यस अर्थमा कमल थापालाई स्वयम् राजा र राजाका पछि लाग्ने सबैले मान्नैपर्छ । यस्तै प्रश्न प्रति प्रश्न मेरो मनमा उब्जिरहन्छ। त्यतिखेर ज्याल ढोका थुनेर बस्ने र कमल थापालाइ अछुतको व्यबहार गर्नेहरु देख्दा टिठ पो लाग्छ। तात्कालिक समयमा राप्रपा नेपालमा लागेर हिड्ने नेता कार्यकर्ताले भौतिक र मानासिक पिडा खेप्नु परेको घटाना हाम्रो मानस पटलमा ताजा छ ।
निर्वाचन आयोगले समेत निषेध गर्न बाध्यात्मक ब्यबस्था ल्याउदा नि बिचोलित नभई त्यसलाइ निरन्तर चिर्दै राप्रपा नेपाल अधि बढेको हो ।
स्मारण रहोस यहि संविधान बन्ने बेला नि कमल थापाले नै बिचार स्वतन्त्रताको बन्देज लगाउदा संसदमा हङ्गामा मचाएर लडेकै हुन । राजाको पक्षमा हाल देशै भर जुलुस निस्कनु खुसिको कुरा हो । त्यसमा राप्रपाका नेता कार्यकर्ताकै सहयोग र अनुहार झल्केकै छ्न । तर यसरी नेतृत्व बिहिन आन्दोलनले के तार्किक निस्कर्षमा पुराउन सक्छ र गाह्रो छ । अब राजा र कमल थापाको सहकार्य, समन्वय ,सद्भाव हुनैपर्छ । हत्त्केलाले सुर्यलाइ छेक्न सक्दैन । एक भएर निर्णायक आन्दोलनमा जुट्नुपर्छ र राष्ट्रिय सहमति जुटाउनुपर्यो । राजाले कमल थापालाई सबैले सहयोग गर्नैपर्ने देखिन्छ। कि त प्रजातान्त्रिक अभ्यास अनुसार चुनावको तयारी गर्नुपर्छ । हाल राप्रपा चौडा भएको छ सबैले साथ दिएर आगामी चुनबको तयारिमा जुट्नुपर्छ । नेपालमा स्थायित्व कायम गर्न सबैलाई टाउने ब्यबस्था ल्याउन जरुरी छ ।

यो देश चार जात छत्तिस बर्णको फुलबारी हो । यहाँ राजा देखि बिप्लब सम्मको हरेक बिचार भएका शक्ति अट्नुपर्छ । जसले गर्दा नेपाल र नेपालिको अस्त्तिव बचोस । यो देशलाइ चुनाबी प्रक्रिया भन्दा माथी रहेर बस्ने देशको अभिभावकको खाचो छ । सबैको आवाजको मूल्य हुन्छ । राजाबादिको आवाजलाई दबाउने होइन समेट्नुपर्छ । समय परिस्थिति र कालखण्ड अनुसार ब्यबस्था फरक हुन्सक्छ तर आवाज सबको सुन्नुपर्छ । उपयुक्त रणनीति सहितको नेपालको मार्ग चित्र कोरिनुपर्छ ।
यसमा सबै नेपालिको हित हुन्छ ।

सगरमाथाको उचाइ बढ्दै गर्दा देशको उचाइ घट्नु हुँदैन । कुनै पनि पक्ष र शक्तिलाई निषेध गरेर समस्या समाधान हुने होइन झन बल्झिन्छ। तसर्थ नयाँ बहसको शुरुआत गरौं । राजसंस्थाको पुनःस्थापना अबको भरपर्दो विकल्प हो । सुन्दर, शान्त,विशाल,स्वतन्त्र र सार्वभौमसकता नेपालको परिकल्पना सहित अन्तर्राष्ट्रिय रुपमा नेपाललाइ बलियो र हस्तक्षेप रहित बनाऔ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद विस्तार ...

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारल ...

पार्टीको महाधिवेशनमा ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्वास्थ्य मापदण्ड पालना गर्दै पार ...

कांग्रेस सभापति देउव ...

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमहामन्त्री सुनिलबहादुर थापासहित ५५ जनालाई मह ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved