वालगायक सन्देस पौडेलको “मेरी आमा” म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित )

  • आश्विन ३०, २०७७
  • हाम्रो कालापानी
alt

इटहरी / भर्खरै गायन क्षेत्रमा प्रवेस गरेका वाल गायक सन्दश पाैडेलकाे अावाजमा ”मेरी आमा” बोलको नयाँ म्युजिक भिडियोे सार्वजनिक भएको छ । प्रिज्मा रेकडिङ स्टुडियोमा रेकर्ड भएको उक्त गितलाइ  म्युजिक भिडियाेकाे रूपमा भने राजकुमा कुवंर र गोबिन्द दुलालले निर्देशन गरेका छन । संदेश पौडेल र बरिष्ठ गाइका संगीता प्रधान राणाको स्वरमा रहेको यो म्युजिक भिडियोलाइ सह निर्देशनमा बिशाल केसि, छायाँकनमा अनिल जिसि, सम्पादन सिमली मिडियाले गरेको छ, श्रृगारमा डेनि कोइराला रहेकि छिन्  भने शर्मा ललिताकाे रचना रहेकाे छ  ।

गितको रेकडिङ केहि दिन अगाड सकिएपनि म्युजिक भिडियो भने भर्खरै बजारमा आएको मेरी आमा गीतका निर्देशक राजकुमार कुवरले बताए । त्यसैगरी संगीतकारमा रमेश सुबेदी र गीतको एरेन्जमा बरिष्ट गाएक बिबि अनुरागी रहेका छन् । नव प्रतिभाका रुपमा यो दोस्रो गीतले भोलिका दिनमा अभिनय क्षेत्र  सगै गायन क्षेत्रलाई सशक्त बनाउँदै जाने वाल गायक संदेश पौडेलले बताए ।

यस म्युजिक भिडियोको मुख्य अभिनयमा गायक सन्देेस पौडेल र समिला  शर्मा रहेका छन् भने अन्य कलाकारहरु निरु मगर, स्याम प्रसाद खनाल, सन्तोष भण्डारी, रविन्द्र चौलागाइ, गोबिन्द दुलाल, रेसु रेलि माया घिसिङ र सुस्मा बस्नेत बिकरालको प्रश्तुति रहेको छ ।

पौडेल हाल बागबजार स्थित रियाज संगीत पाठशालाका म्यानेजिङ डाइरेक्टर गायक तथा संगीतकार नरेस भुट्तेलसंग गित संगीत सिक्दै आएका छन् ।

(भिडियो)

https://www.youtube.com/watch?v=jGxoE5F3hEw&feature=share&fbclid=IwAR2I0ARiMdYotdluKRDXmFgleRBHR5vZZfbSQ4EcdJR_Z8E-73VNL76oPOA

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संसारमा दोस्रो सबैभन ...

काठमाडौ । अधिकांश मानिसलाई थाहा छ की संसारको सबैभन्दा लामो पर्खाल चीनमा छ । यसलाई चीनको महान पर्खाल ...

पीएल सिंहले अस्वीकार ...

काठमाडौँ । पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता पीएल सिंहले संविधान दिवसको अवसरमा सरकारले प्रदान गरे ...

२०४७ को संविधान पुनर ...

काठमाडौं । नेपालमा २०४७ को संविधान पुनर्स्थापनाको माग गर्दै आज दिउँसो १२ बजे माइतीघर मण्डलामा प्रदर् ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved