इन्टर मिलान इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा

इटालियन सीरी ए फुटबलमा इन्टरमिलानद्वारा जेनोआ ३–० गोल अन्तरले पराजित, जितसंगै इन्टर मिलान अंक तालिकाको दोस्रो स्थानमा ।

  • श्रावण ११, २०७७
  • हाम्रो कालापानी
alt

इन्टर मिलान इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा पुगेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा जेनोआलाई ३–० ले पराजित गरी दोस्रो स्थानमा पुगेको इन्टर मिलान शीर्ष स्थानको युभेन्टसभन्दा चार अंकले पछि रहेको छ ।

अवे मैदानमा भएको खेलमा इन्टर मिलानलाई जिताउन रामेलु लुकाकु र एलेक्स सान्चेजले गोल गरे । ३४ औँ मिनेटमा लुकाकुले गोल गरेर इन्टर मिलानलाई सुरुवाति अग्रता दिलाए । ८२ औँ मिनेटमा सान्चेजले गोल गरेपछि अग्रता दोब्बर भयो । इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गरेपछि इन्टर मिलान ३–० ले विजयी भएको हो ।

जितपछि दोस्रो स्थानको इन्टर मिलानको ३६ खेलबाट ७६ अंक भएको छ । युभेन्टसको समान खेलबाट ८० अंक छ । तेस्रो स्थानमा झरेको एट्लान्टाको ७५ अंक रहेको छ । पराजित भएको जेनोआ रेलिगेशन जोनबाट माथि १७ औँ स्थानमा छ ।

लिग अन्तर्गत शनिबार राति भएका अरु खेलमा पार्माले ब्रेसियालाई २–१ तथा नापोलीले सासुओलोलाई २–० ले पराजित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद विस्तार ...

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारल ...

पार्टीको महाधिवेशनमा ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्वास्थ्य मापदण्ड पालना गर्दै पार ...

कांग्रेस सभापति देउव ...

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमहामन्त्री सुनिलबहादुर थापासहित ५५ जनालाई मह ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved