चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश

म्यानचेस्टर युनाइटेडलाई ३–१ गोल अन्तरले हराउँदै चेल्सी एफ ए कप फुटबलको फाइनलमा प्रवेश, उपाधिका लागि अब आर्सनलको सामना गर्ने

  • श्रावण ५, २०७७
  • हाम्रो कालापानी
alt

चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । वेम्बली स्टेडियममा गएराति भएको दोस्रो सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै चेल्सी उपाधि नजिक पुगेको हो ।

चेल्सीलाई जित दिलाउन ओलिभर जिरुड र मासन माउन्टले एक–एक गोल गरे । युनाइटेडका कप्तान ह्यारी मग्वाएरले आत्मघाती गोल गर्दा ब्रुनो फर्नान्डेसले एक गोल फर्काए । पहिलो हाफको इन्जुरी समयमा जिरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ४६ औं मिनेटमा माउन्टले गोल गर्दा चेल्सीको अग्रता २–० को बन्यो ।

खेलको ७४ औं मिनेटमा युनाइटेडका मग्वाएरले आत्मघाती गोल गर्दा चेल्सीले ३–० को अग्रता बनायो । त्यसपछि खेलको ८६ औं मिनेटमा फर्नान्डेसले पेनाल्टीमा एक गोल फर्काएपनि चेल्सी ३–१ ले विजयी भयो ।

अब चेल्सीले उपाधिका लागि कीर्तिमानी १३ पटकको च्याम्पियन आर्सनलसँग खेल्नेछ । आर्सनल म्यानचेस्टर सिटीलाई २–० ले हराएर फाइनल पुगिसकेको छ । चेल्सी र आर्सनलबीचको फाइनल अगष्ट १ मा वेम्बलीमा हुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद विस्तार ...

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारल ...

पार्टीको महाधिवेशनमा ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्वास्थ्य मापदण्ड पालना गर्दै पार ...

कांग्रेस सभापति देउव ...

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमहामन्त्री सुनिलबहादुर थापासहित ५५ जनालाई मह ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved